श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने

२०८१ भदौ ०६ गते

श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने

काठमाडौँ । श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई आफ्नो देशमा बिना भिसा प्रवेश दिने भएको छ।

त्यहाँको सरकारले नेपालसहित भारत, बेलायत, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड, साउदी, यूएईलगायत ३५ देशका नागरिकलाई ६ महिनाको लागि ‘फ्रि भिसा’को निर्णय गरेको हो। मन्त्रिपरिषद्‍को उक्त निर्णय आउँदो अक्टोबर १ देखि लागू हुने पर्यटन मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै डेली मिररले उल्लेख गरेको छ।

श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। पर्यटकलाई आकर्षण गर्नका लागि पनि यस्तो नियम लगाइएको हो।