श्रृंखलाले कसिन् लगनगाँठो, बेहुलीको भेषमा यस्ती देखिइन् (तस्वीर)

२०८० मंसिर २८ गते

श्रृंखलाले कसिन् लगनगाँठो, बेहुलीको भेषमा यस्ती देखिइन् (तस्वीर)

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । सञ्चार उद्यमी सम्भव शिरोहियासँंग उनले लगनगाँठो कसेकी छिन् । खतिवडा र सिरोहियाबीच अहिले काठमाडौंको हायात होटलमा विवाह भइरहेको छ । श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।

विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।

श्रृंखला बेहुलीको रातो पोशाक र दुबोको मालामा सजिएकी छन् । सम्भव नेपाली ढाकाटोपी र नेपालीपनको झल्को दिने बेहुलाको पोशाकमा देखिएका छन् । दुवै वरवधु तस्वीरमा उन्मुक्त र प्रफुल्ल देखिन्छन् ।

केही वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।