सुन तोलामै २ हजार ४०० रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार?

२०८० चैत ३० गते

सुन तोलामै २ हजार ४०० रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ। २०८० सालको अन्तिम दिन पनि सुनको मूल्यमा ठूलो उछाल आएको छ । यस दिन सुन तोलामै २ हजार ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ । यसैगरी, तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने सुनको भाउमा सामान्य गिरावट देखिएको थियो । बिहीबार सुन प्रतितोला एक लाख ३६ हजार ६०० रुपैयाँमा झरेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ७५० रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन, भने चाँदीको मूल्य स्थिर रहेको थियो । बिहीबार चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँ कायम रहेको थियो ।