सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार?

२०८१ वैशाख ०३ गते

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ । आज सुनचाँदीको मूल्य केहि बढेको छ । आईतबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँ र चाँदी को मूल्य प्रतितोला १५  रुपैयाँले  बढेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबार छापावाला सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा खरिद बिक्रि भएको थियो । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य पनि बढेर एक हजार ७१५ रुपैयाँमा किनबेच भैरहेको छ । आईतबार एक हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।