सुनको भाउ एक हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

२०८१ साउन १३ गते

सुनको भाउ एक हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४५ हजार निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य आज तोलामा रु. १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार सात सय ४० निर्धारण भएको छ ।