२०८१ भदौ ३० गते
काठमाडौं । सुनको भाउले आज (भदौ ३० गते) फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि भदौ २८ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्धको प्रभाव र कच्चा तेलको मूल्यमा भएको वृद्धिले सुनको मूल्य बढ्दै गएको अनुमान गरीएको छ ।
यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारन बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमानै बढेको विश्लेषकहरुको भनाई छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ ।
विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ । आज चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया