२०८१ मंसिर ०५ गते
काठमाडौँ। आजपनि सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया