सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

२०८१ असार २४ गते

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । हिजो आइतबार सुनको मूल्य बढेर रेकर्ड बनाएको थियो ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । उक्त कायम मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । चाँदीको मूल्य आइतबारको बजारमा कायम मूल्यलाई निरन्तरता दिएको छ । यसदिन चाँदी १ हजार ८९० रुपैयाँमा किनबेच भइरहेको छ ।