सुनको मूल्य ह्वात्तै बढ्यो

२०८१ असार १४ गते

सुनको मूल्य ह्वात्तै बढ्यो

काठमाडौँ। शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको । आज चाँदी तोलाको एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा किनबेच भएको थियो।