२०८१ वैशाख १२ गते
काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख ३४ हजार ८५० रुपैयाँ कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला प्रतितोला एक हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया