सुनको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

२०८१ माघ २९ गते

सुनको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ ।