सुनको मूल्य फेरी एक हजारले बढ्यो, चाँदीको मूल्य भने स्थिर

२०८१ मंसिर ०६ गते

सुनको मूल्य फेरी एक हजारले बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौँ। बिहीबार सुनको मूल्य पुनः बढेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर चौथो दिन बढेको हो ।

आज चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।