सुनको मुल्य फेरी नयाँ उचाइमा, कतिमा हुँदै छ आज कारोबार?

२०८० चैत २८ गते

सुनको मुल्य फेरी नयाँ उचाइमा, कतिमा हुँदै छ आज कारोबार?

काठमाडौँ ।  गत एक महिनादेखि सुनको मूल्यले लगातार नयाँ उचाइ चुमी रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा दैनिक वृद्धि भएसँगै नेपालमा पनि त्यसको असर देखा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ ।