सुनको मूल्यले फेरी बनायो रेकर्ड, कतिमा हुँदै छ कारोबार?

२०८१ जेठ ०७ गते

सुनको मूल्यले फेरी बनायो रेकर्ड, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ । सुन र चाँदीको मूल्यले एक पछि अर्को रेकर्ड बनाउँदै बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यले ऐतिहासिक उचाइ बनाएको हो । सोमबार सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।