२०८१ जेठ १५ गते
काठमाडौँ । मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिन लगातार बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा खरिद बिक्री भईरहेको छ ।
सोमबार छापावाला एक लाख ३७ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ९२० रुपैयाँमा किनबेच भईरहेको छ । सोमबार चाँदी प्रतितोल एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया