२०८१ चैत १० गते
काठमाडौँ। आइतबार सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । गत साताको शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसै गरी यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया