सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार?

२०८१ वैशाख ०४ गते

सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सातले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।