सुुस्तामा झोलुुङ्गे पुल- हेर्न आउनेहरूको घुइँचो

२०८१ साउन २३ गते

सुुस्तामा झोलुुङ्गे पुल- हेर्न आउनेहरूको घुइँचो

नवलपरासी । नवलपरासी (बर्दघाट‐सुस्ता–पश्चिम ) स्थित नारायणी नदीमा सुुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ । सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको छ।

३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ । यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो ।