स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, कस-कसले पाए ?

२०८१ चैत ०१ गते

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, कस-कसले पाए ?

काठमाडौ । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । १९ हजार ५ सय ७७ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथामार्फत उक्त सेयर बाँडफाँट गरिएको हो । ३ जनाले ११ कित्ता र १९ हजार ५७४ जनाले १० कित्ताका दरले सेयर पाएका हुन् ।

२ हजार ६ सय ६४ जना आवेदकको आवेदन रद्द भएको थियो । यसमा १७ लाख ८० हजार ४५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए । कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो ।