तेह्रथुम पावर कम्पनीको लकइन अवधि सकिदै

२०८१ असार २४ गते

तेह्रथुम पावर कम्पनीको लकइन अवधि सकिदै

काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडको साउन २७ गते लकइन अवधि सकिन लागेको छ। कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि सकिन लागेको हो।

कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दा र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेतमा)मा निष्काशन तथा बिक्री खुला गरि भदौ २५ गते आईपीओ बाँडफाँड गरेको थियो । यसरी सर्वसाधारणमा शेयर बाँडफाँड गरेको मितिबाट तीन वर्षसम्म शेयर लकइनमा राख्नुपर्ने व्यवस्था अनुसार हालसम्म उक्त शेयर लकइनमा थियो।

कम्पनीको हाल २८ लाख कित्ता संस्थापक शेयर, चार लाख कित्ता स्थानीय बासिन्दाको शेयर र १६ हजार कित्ता कर्मचारीको शेयर लक इनमा रहेको छ । साथै कम्पनीको संस्थापक शेयर सदस्यहरूमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने शेयर खरीद बिक्री गर्न नपाउने कम्पनीले बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।