तिहार अघिको अन्तिम कारोबार दिन घटेर बन्द भयो सेयर बजार

२०८१ कात्तिक १४ गते

तिहार अघिको अन्तिम कारोबार दिन घटेर बन्द भयो सेयर बजार

काठमाडौ । बुधबार सेयर बजारमा करेक्सन आएको छ । नेप्से सूचक १४ं.४३ विन्दुले घटेर २६७७.६२ अंकमा अडिएको छ । आज ५ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहका सूचक मात्र हरियो देखिएका छन् । बुधबार तिहार अघिको अन्तिम कारोबार दिन पनि हो । यस दिन ३०५ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो बढी कारोबार हुनेमा सानिमा जीआइसी इन्सुरेन्स र तेस्रोमा सोल्टी होटल परेको छ । आज गुराँस लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य १ हजार ७ सय ७८ रुपैयाँ कायम भएको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यसको सेयर मूल्य १ हजार ६१.५० रुपैयाँ कायम भएको छ ।