तिहारपछि सेयर बजार बढ्ने विश्लेषण भइरहेको बेला पहिलो कारोबारमा देखिएन उत्साह

२०८१ कात्तिक २० गते

तिहारपछि सेयर बजार बढ्ने विश्लेषण भइरहेको बेला पहिलो कारोबारमा देखिएन उत्साह

काठमाडौ । तिहारपछि खुलेको सेयर बजारमा उत्साह देखिएन । मंगलबार सेयर बजार ०.२१ अंकले घटेको छ । यो सँगै इन्डेक्स २६७७.४० विन्दुमा आइपुगेको छ । यस दिन ४ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तिहार पछि सेयर बजार बढ्ने विश्लेषण भइरहेको बेला तिहारपछिको पहिलो कारोबार दिनमै सेयर बजार घटेको छ ।

बैकिङ समुह, विकास बैंक समुह, लगानी समहु, उत्पादन तथा प्रशोधन समुह घटेको छ । यस्तै लघुवित्त समुह र ट्रेडिङ समुह पनि घटेको छ । १३ मध्ये ७ समूहका सूचक सकारात्मक देखिएका छन् । बजार २६ सयको लाइनमा रुमल्लिएको छ । समग्रमा हेर्दा नेप्से साइडवेज बसेको देखिन्छ । यस दिन ३०२ कम्पनीको ९७ लाख १३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल फाइनान्स कारोबार रकमका आधारमा अगाडी छ । कारोबार रकमकै आधारमा सानिमा जीआइसी दोस्रो र एनएलजी इन्सुरेन्स तेस्रो स्थानमा छन् । यस दिन सुपरमाइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।