तिहारपछिको पहिलो आइतबार कतिमा किनबेच हुँदैछ सुनचाँदी ?

२०८० मंसिर ०३ गते

तिहारपछिको पहिलो आइतबार कतिमा किनबेच हुँदैछ सुनचाँदी ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुन-चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यता, आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँ कायम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८०.७९ डलरमा र चाँदी प्रतिऔंस २३.७३ डलरमा कारोबार भइरहेको छ ।

गत साता भने सुन चाँदीको भाउ बढेको थियो । अन्तर्राष्ट्रिय बजारमै खरिदकर्ता बढी सक्रिय भएपछि भाउ पनि माथि लागेको थियो । तर यस साताको पहिलो दिन आइतबार भने बजार सामान्य देखिएको हो ।