तीन वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध

२०८१ मंसिर २१ गते

तीन वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध

काठमाडौ । नेपालमा ३ वटा जीवनाशक विषादी प्रतिबन्ध भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको सुचना राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सुचना अनुसार ‘पाराक्वाटर पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । यस्तै ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध भएको छ।

जीवनाशक विषादी व्यवस्थापन समितिले  असार २५ मा पाराक्वाटरपाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादी प्रतिबन्ध गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । यस्तै फोरेट कीटनाशक विषादी कात्तिक ३० मा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो ।