ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२०८१ जेठ २१ गते

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाण्डौ । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

कुनै ऐन, कानुनमा नभएको विषयलाई गृहमन्त्रीले मौखिक रूपमा आदेश दिँदै मानिसलाई सडकमा खटाएको भन्दै सर्वोच्चमा कृष्ण विकलगायतले रिट दिएको थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊसहित निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यसअघि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएका थिए ।