२०८० फागुन ०३ गते
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले आउँदो वर्षायाम सकिएसँगै अन्तर्राष्ट्रिय उडान नै बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्नुपर्ने जनाएको छ ।
आयोजनाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका ४० वटा वायुसेवाका प्रतिनिधिसँगको छलफलमा निर्माणका क्रममा मुलुककै पहिलो अन्तर्राष्ट्रिय हवाई अड्डालाई ४/५ दिन पूर्ण रुपमा वा आंशिक बन्द गर्नुपर्ने सम्भावना रहेकाले त्यसअनुसार आफ्ना उडानहरूलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को जारी प्रावधानअनुसार काठमाडौं विमानस्थल सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा वायुसेवा कम्पनीहरूलाई छलफलमा राखेर यसबारे जानकारी गराएको हो ।
प्रतिक्रिया