उच्च अदालतको आदेशलाई सर्वोच्चले उल्ट्याइदियो, विद्युत प्राधिकरणले सीजीजीसीलाई ८६ करोड रुपैयाँ भुक्तानी दिनु नपर्ने

२०८१ चैत ०६ गते

उच्च अदालतको आदेशलाई सर्वोच्चले उल्ट्याइदियो, विद्युत प्राधिकरणले सीजीजीसीलाई ८६ करोड रुपैयाँ भुक्तानी दिनु नपर्ने

काठमाडौ । चमेलिया जलविद्युत् आयोजना (३० मेगावाट) को चिनियाँ ठेकेदार कम्पनी सीजीजीसीलाई ८६ करोड रुपैयाँ भुक्तानी नदिनू भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ । चिनियाँ कम्पनी सिजिजिसीले प्राधिकरणविरुद्ध हालेको रिटमा उच्च अदालतले गत भदौ ३० गते क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको थियो ।

प्राधिकरणलाई उक्त रकम भुक्तानी गर्न ७ दिनको समय दिइएको भएपनि खातामा त्यति पैसा नभएपछि प्राधिकरणले सो रकम भुक्तानी गर्न सकेको थिएन । तर सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मध्यस्थ न्यायाधीकरण, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

ठेकेदार सीजीजीसीले चमेलिया जलविद्युत् आयोजनासँग अर्बौं रुपैयाँको दाबी गरेको थियो । उसको दाबीउपर मध्यस्थ न्यायाधीकरणले गत १७ सेप्टेम्बर २०२३ मा ८६ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने ठहर गरेको थियो ।