उडानकै क्रममा तारा एयरको जहाजको आकस्मिक ढोका खस्यो

२०८० मंसिर २४ गते

उडानकै क्रममा तारा एयरको जहाजको आकस्मिक ढोका खस्यो

काठमाडौं।  काठमाडौं देखि लुक्ला उडान गर्ने क्रममा तारा एयरको जहाजको आकस्मिक ढोका खसेको छ। बिहान ९:३० बजे दुई यात्रु र कार्गो बोकेर लुक्ला उडदै  गरेको जहाजको ‘इमर्जेन्सी ढोका’ खसेको हो।

जहाज अवतरणपछि मात्र ढोका खसेको थाहा भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। अहिले जहाज ग्राउण्डेड गरेर अनुसन्धान हुँदैछ तर ढोका कहाँ खसेको भन्ने कुरा पत्तै छैन। अहिले जहाज लाई ग्राउण्डेड गरेर अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।

जहाजमा थुप्रै प्लाइ हालिएको कारण ढोका खसेको पत्तो नभएको उनको अनुमान छ। उनका अनुसार नियमले जहाजको पछाडिपट्टि रहेको इमर्जेन्सी डोर नजिकै सामान राख्न मिल्दैन। जहाजमा चालकदल बाहेक दुईजना यात्रु सवार थिए।