उग्र बन्दै बङ्गलादेशमा विद्यार्थीको प्रदर्शन,१२३ जनाको मृत्यु

२०८१ साउन ०६ गते

उग्र बन्दै बङ्गलादेशमा विद्यार्थीको प्रदर्शन,१२३ जनाको मृत्यु

ढाका । बङ्गलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शनका कारण बढ्दै गएको हिंसा र अशान्तिलाई नियन्त्रण गर्न शनिबार सेनाले गस्ती शुरू गरेको छ ।

प्रहरी र अस्पतालले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तथ्याङ्कअनुसार यस हप्ताको हिंसामा कम्तीमा १२३ जनाको मृत्यु भएको छ । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासनकालपछिको सरकारका लागि ठूलो चुनौती हो ।

सरकारले शनिबार मध्यरातदेखि लागू हुने गरी निशेधाज्ञा आदेश जारी गरेको छ र प्रधानमन्त्री कार्यालयले सेना परिचालन गर्न सैनिक मुख्यालयलाई आग्रह गरेको थियो ।

सशस्त्र बलका प्रवक्ता शाहदत हुसेनले एएफपीसँग भने, ‘स्थितिलाई नियन्त्रण गर्न देशव्यापी रूपमा सेना तैनाथ गरिएको छ ।’