२०८१ साउन ११ गते
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने जनाएको छ । आज आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्ताे व्यवस्था गरेकाे हाे ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण दिने जनाएको छ ।
‘सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख एअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ,’ वक्तव्यमा भनिएको छ ।
प्रतिक्रिया