२०८१ माघ २९ गते
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सार्वजनिक प्राथमिक सेयर (आईपीओ) का लागि आवेदन दिने आज, माघ २९ गते अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि माघ १५ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले ७५ करोड रुपियाँको जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपियाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने अनुमति पाएको छ। यसमध्ये, १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपियाँको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
यस आईपीओको इक्राएनपी इस्युअर रेटिङ डबल बी प्राप्त भएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ हिजो माघ २८ गते साँझसम्म ६.२० गुणा बढी ओभरसब्सक्राइब्ड भएको छ।
प्रतिक्रिया