२०८१ मंसिर ०३ गते
काठमाडौ । विदेशी लगानीकर्ताले नेपालमा गरेको लगानीबाट ६ करोड ४० लाख रुपैयाँ बराबर लाभांश लगेका छन् । चालु आर्थिक वर्ष (२०८१/०८२) को ४ महिनामा वैदेशिक लगानीकर्ताले नेपालबाट ६ करोड ४० लाख लाभांश फिर्ता लगेका छन् । गत वर्ष यस्तो रकम १ अर्ब ४१ करोड ६ लाख ८८ हजार २ सय ३३ रुपैयाँ थियो।
विदेशीले फिर्ता लगेको रकममा भने गिरावट आएको छ । लगानीकर्ताले यस अवधिमा ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ रोयल्टी फिर्ता लगेका छन् । गत वर्षको यसै अवधिमा ७४ करोड ८६ लाख ६७ हजार रोयल्टी फिर्ता लगेका थिए । वैदेशिक लगानीकर्ताले अमेरिकी डलरमा ८ लाख १५ हजार ५ सय २१ डलर तथा भारुमा २० करोड ५ लाख १ हजार १२८ रुपैयाँ फिर्ता लगेका हुन् ।
यस्तै यो अवधिमा भने १७ अर्ब ३ करोड ७७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ । १५४ परियोजनामार्फत उक्त लगानी प्रतिबद्धता आएको हो ।

स्वचालित मार्ग अर्थात अटोमेटिक रुटबाट १ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ तथा एसपीए तथा एसएसएका लागि २५ वटा परियोजना मार्फत १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । प्रविधि हस्तान्तरणतर्फ कुल १३ प्रस्ताव स्वीकृत भएका छन् । यो प्रतिबद्धता अनुसार उद्योग संचलानमा आएमा ७ हजार ६ सय ६७ जनाले रोजगारी पाउने छन् ।
उद्योग विभागको तथ्यांक अनुसार अटोमेटिक रुट मार्फत उत्पादनमुलक ६ वटा आयोजनाका लागि ३५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ भने पर्यटनमुलक १३ आयोजनाका लागि ४२ करोड ९० हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । यस्तै सेवामुलक ८ वटा परियोजनाका लागि ३८ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । पूर्वाधारमुलक २ वटा परियोजनाको लागि ४ करोड र सुचना प्रविधि मुलक ८० वटा परियोजनाका लागि ४३ करोड २२ लाख बराबरको प्रतिबद्धता आएको छ । कृषि क्षेत्र र उर्जाका लागि भने कुनै पनि प्रतिबद्धता प्राप्त भएको छैन ।

बिजनेश भिसा लिएर आउने लगानीकर्ता बढे चालु आर्थिक वर्षको चार महिनामा बिजनेश भिसा लिएर आउने लगानीकर्ता बढेको तथ्यांकले देखाएको छ । साउन देखि कात्तिक मसान्तसम्म १ हजार २० जना लगानीकर्ताले बिजनेश भिसा सिफारिस लिएका छन् । जबकी गत आवको यसै अवधिमा १ हजार ५ जनाले विजने भिसा सिफारिस लिएका थिए । कात्तिकमा मात्र १९८ सिफारिस लिएका छन् । यसअवधिमा प्रतिनिधितर्फ २०५ जनालाई तथा डिपेन्डेन्टतर्फ ३३२ जनालाई बिजनेस भिसा सिफारिस गरिएको छ । गत वर्ष प्रतिनिधितर्फ ११७ र डिपेन्डेन्टतर्फ २७९जनालाई बिजनेस भिसा सिफारिस भएको थियो ।
प्रतिक्रिया