विद्युत प्राधिकरण आफैंले डाकेको पत्रकार सम्मेलन बिना सूचना स्थगित

२०८० पुस ११ गते

विद्युत प्राधिकरण आफैंले डाकेको पत्रकार सम्मेलन बिना सूचना स्थगित

काठमाडौँ । विद्युत महशुलको विवादबारे स्पष्ट पार्न भन्दै नेपाल विद्युत प्राधिकरणले आफैंले डाकेको पत्रकार सम्मेलन बिना सूचना स्थगित गरेको छ । निर्धारित समयमा पत्रकार पुग्दा प्राधिकरणले कुनै कारण नदेखाई पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएको हो।

बुधबार दिउँसो एक बजे प्राधिकरणको कार्यालय रहेको हलमा पत्रकार सम्मेलन डाकिएको थियो। सोहिअनुसार सम्मेलनमा सहभागी हुनलाई पत्रकारहरु प्राधिकरण पुगेका थिए। तर पत्रकार पुगिसकेपछि प्राधिकरणले उक्त पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराएको हो।

पत्रकार सम्मेलन स्थगित गरिनुको कारणबारे प्राधिकरणले कुनै आधिकारिक जवाफ भने दिएको छैन। लोडसेडिंङको बेलामा उद्योगहरुले अतिरिक्त विद्युत प्रयोग गरेको र त्यसको शुल्क नतिरेको भन्दै प्राधिकरणले गत साता ९ वटा उद्योगमा विद्युतको लाइन काटेको थियो। तर उद्योगहरुले आफुहरुले विद्युतको शतप्रतिशत महसुल तिरेको दाबि गर्दै अतिरिक्त विद्युत प्रयोग गरेको प्रमाण देखाउन कुलमानलाई चुनौती दिएका छन्। यस विषयमा विव्भिन्न जिल्ला अदालतमा मुद्दा परेपछि २ वटा जिल्ला अदालतले विवरण पठाउन प्राधिकरणलाई आदेश दिएको थियो । तर प्राधिकरणले भने आफुहरुसंग उक्त प्रमाण नभएको अदालतलाई जानकारी गराएको छ।

मन्दीको समयमा उद्योगलाई जोगाउन पर्नेमा उल्टै लाइन काटिएको भन्दै व्यापक आलोचना भइरहँदा स्पष्टिकरण दिन भन्दै डाकिएको पत्रकार सम्मेलनमा विभिन्न टीकाटीप्पणी र सवालजवाफ हुने भएपछि कुलमानकै निर्देशनमा पत्रकार सम्मेलन स्थगित गरिएको आशंका गरिएको छ ।