विद्युतीय सवारीमा कर हेरफेर हुने हल्लाले व्यवसायी हतोत्साही छन् -ध्रुव थापा

२०८० पुस २० गते

विद्युतीय सवारीमा कर हेरफेर हुने हल्लाले व्यवसायी हतोत्साही छन् -ध्रुव थापा

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुव थापाले विद्युतीय सवारी साधनमा कर हेरफेर हुने हल्लाले व्यवसायी हतोत्साही भएको बताएका छन्।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका ४७औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष थापाले आगामी वर्षको बजेटमा विद्युतीय सवारी साधनमा कर हेरफेर हुने हल्लाले व्यवसायी हतोत्साही भएको बताए।

सरकारले व्यक्तिगत करमा स्थायित्व कायम गर्नुपर्ने र विधुतीय सवारी साधनलाई उच्च प्राथमिकतामा राखेर कर नबढाउन उनले। आग्रह गरे ।

अहिले व्यवसायीहरू निकै कठिन अवस्था रहेको बताउँदै पछिल्लो समय अर्थतन्त्रको परिसूचकहरूमा सुधार हुँदै गएकाले सकारात्मक अवस्था सिर्जना हुने अपेक्षा गरेको छ।

उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम ५ खर्ब रकम रहेकाले अटोमोबाइल क्षेत्रलाई पनि सहज हुने बताए । सरकारले पूँजीगत खर्च गर्न सकेमा अर्थतन्त्रमा सुधार हुने र सरकारको नीति उद्योगमैत्री हुनुपर्नेमा उनले जोड दिए।

यातायात क्षेत्रले भन्सार राजस्व संकलनमा २१ प्रतिशत योगदान गरेको र १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी दिँदै आएकाले सरकारले अनुत्पादक क्षेत्रको रूपमा हेर्न नहुने जिकिर गरे ।

‘अटोमोबाइल क्षेत्रमा एक खर्ब बढी लगानी बढी भएको अवस्था छ,’ उनले भने, ‘सरकारको अस्थिर नीतिले व्यवसायी तोत्सायी हुँदै आएको छ । त्यसैले सरकारले स्थिर नीतिको व्यवस्था गरी सहज बनाउन आवश्यक छ ।’

त्यसैगरी, सरकारले स्वदेशमा एसेम्बल गर्ने उद्योगलाई छुट दिएको छ । तर, हरेक वर्ष उक्त नीति परिवर्तन हुने भएकाले सो व्यवस्था ऐेनमा नै राख्नुपर्ने आग्रह गरे ।