विश्वभर ‘हाई नेटवर्थ इन्डिभिजुअल्स (एचएनडब्लुआई)’ को संख्या ५.१५ ले बढ्यो,यस्तो छ कारण-

२०८१ जेठ २४ गते

विश्वभर ‘हाई नेटवर्थ इन्डिभिजुअल्स (एचएनडब्लुआई)’ को संख्या ५.१५ ले बढ्यो,यस्तो छ कारण-

काठमाडौं । विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिहरु अर्थात ‘हाई नेटवर्थ इन्डिभिजुअल्स (एचएनडब्लुआई)’ को संख्या ५.१५ ले बढेको छ । फ्रान्सको बहुराष्ट्रिय परामर्श कम्पनी ‘केपजेमिनि’ को ‘वर्ल्ड वेल्थ रिपोर्ट २०२४’ अनुसार उच्च नेटवर्थ भएका व्यक्तिहरुको संख्या विश्वभर २ करोड २८ लाख पुगेको छ । न्यूनतम १० लाख डलर नेटवर्थ भएका व्यक्तिहरुलाई ‘हाई नेटवर्थ इन्डिभिजुअल्स’ भनेर चिनिँदै आएको छ ।

रिपोर्ट अनुसार सन् २०२३ मा हाई नेटवर्थ भएका व्यक्तिहरुको संख्या रेकर्ड उच्च विन्दुमा पुगेको हो । यस्ता व्यक्तिहरुले सेयर बजारमा गरेको लगानी आकाशिएपछि उनीहरुको सम्पति पनि हालसम्मकै उच्च विन्दुमा पुगेको बुधबार प्रकाशित रिपोर्टले देखाएको छ । सन् २०२३ मा हाई नेटवर्थ भएका व्यक्तिहरुको सम्पति समग्रमा ४.७५ ले बढेर ८६८ खर्ब डलर पुगेको छ ।

सन् २०२३ मा मात्रै उनीहरुको सम्पति ३८ खर्ब डलरले बढेको छ । उच्च नेटवर्थ भएका व्यक्तिहरुको संख्या र उनीहरुको कुल सम्पति केपजेमिनिले सन् १९९७ मा वार्षिक रिपोर्ट प्रकाशन गर्न थालेयताकै सबैभन्दा उच्च हो । उच्च नेटवर्थ भएका ६५५ भन्दा बढी व्यक्तिहरुले भावनात्मक वा संज्ञानात्मक पूर्वाग्रहहरुबाट आफ्ना निर्णयहरु प्रभावित हुने गरेको बताएको र उनीहरु यस्ता ज्ञात–अज्ञात पूर्वाग्रहहरुको व्यवस्थापन गर्न मद्दत खोजिरहेको पनि रिपोर्टमा उल्लेख छ ।