वित्तीय खर्च बढ्दा हिमालयन पावर पार्टनरको नोक्सानी बढ्यो

२०८१ साउन ३२ गते

वित्तीय खर्च बढ्दा हिमालयन पावर पार्टनरको नोक्सानी बढ्यो

काठमाडौं । हिमालयन पावर पार्टनर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २६ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १८ करोड ९८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको वित्तीय खर्च बढ्दा खुद नोक्सानी बढेको हो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको कुल आम्दानीसँगै कुल खर्च पनि बढेको छ । अघिल्लो वर्ष ४० करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष ४६ करोड ८० लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । त्यस्तै अघिल्लो वर्ष २१ करोड ३६ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले गत वर्ष भने २६ करोड ७० लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो । वित्तीय खर्च अघिल्लो वर्ष ३७ करोड ६२ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ४६ करोड ३३ लाख रूपैयाँभन्दा बढी यो खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रूपैयाँ रहेको छ भने रिटर्न अर्निग ९ करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको छ । दिर्घकालिन कर्जा ४ अर्ब १८ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने ९ करोड ९० लाख रूपैयाँभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनी २४ रूपैयाँ ६२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रूपैयाँ २९ पैसा रहेको छ ।