व्यवसायीहरुको होली (तस्विरहरु)

२०८१ फागुन २९ गते

व्यवसायीहरुको होली (तस्विरहरु)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले फागुपूर्णिमा होली पर्वको अवसरमा महासंघ सचिवालय टेकु काठमाण्डौंमा फागु विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा शुभकाना व्यक्त गर्दे महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वसन्त ऋतुको आगमनसंगै आउने फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको पर्व रहेको उल्लेख गरे । उनले नेपालमा पर्वहरुले समेत आन्तरिक अर्थतन्त्र चलायमान बनाउने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक नेपालमा चाड पर्वहरुले आमनेपालीहरुलाई एक सुत्रमा बाध्ने गरेको उल्लेख गर्दै फागु पूर्णिमाको शुभकाना व्यक्त गरे ।

महासंघको खेलकुद तथा मनोरञ्जन फोरमका सभापति अध्यक्ष हरि बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठ, स्थल यातायात तथा पारवहन समितिका सभापति शिव प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी सदस्य तथा अन्य उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।