युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढ्यो ,यस्तो छ आजको विनिमयदर

२०८० कात्तिक २० गते

युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढ्यो ,यस्तो छ आजको विनिमयदर

काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९७ रुपैयाँ रहँदा बिक्री दर १३३.५७ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४२.६८ रुपैयाँ पुगेको छ। बिक्री दर १४३.३२ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४१.५४ रुपैयाँ र बिक्री दर १४२.१७ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६४.५५ रुपैयाँ र बिक्री दर १६५.२९ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.४२ रुपैयाँ र बिक्री दर १६३.१५ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर