बोटलर्स नेपाल तराईले गर्यो लाभांश घोषणा

२०८१ मंसिर ०६ गते

बोटलर्स नेपाल तराईले गर्यो लाभांश घोषणा

काठमाडौँ।  बोटलर्स नेपाल तराईले आफ्ना शेयरधनीहरुमा वितरण गर्ने लाभांशको  घोषणा गरेको छ। कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिशेयर ५० रुपैयाँको दरले  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात  शेयरधनीहरुलाई वितरण गरिनेछ ।