वार्षिक ५० लाख पर्यटक भित्र्याउनेगरी खडा हुँदैछ पर्यटन पूर्वाधार
काठमाडौं- सरकारले राखेको लक्ष्यअनुसार काम सम्पन्न भएका भए सन् २०२५ भित्र वार्षिक २५ लाख पर्यटक नेपाल आउनुपर्ने थियो। तर त्यो सम्भावना टरिसकेको छ। अब सन् २०१९ को १४ लाख पर्यटकको लक्ष्य सन् २०२४ मा भेटाउनेगरी पर्यटन क्षेत्र लागिपरिरहेको छ। कोरोन...